पिएनमा प्राज्ञिकको गुरुसम्मान कार्यक्रम
पाेखरा | असार २९, २०७९
पोखरा: प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पृथ्वीनारायण क्याम्पस इकाई समितिले गुरु सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
गुरुपूर्णिमा एवम् भानु जयन्तीको अवसरमा प्राज्ञिकले २० बढि गुरु (प्राध्यापक) हरुलाई पुष्पगुच्छा, कलम र डायरी प्रदान गर्दै सम्मान गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पसका प्रमुख डा।सरोज कोइरालाले आफुहरुलाई सहायक स्वीपर भएको बताए । ‘क्याम्पसभित्रको गतिविधि र वातावरणलाई बिग्रनबाट बचाई क्याम्पसका फोहोरहरु र विकृतिलाई हटाउदै विद्यार्थीमैत्री र स्वच्छ परिवेश निर्माण गरि असल शिक्षा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’ उनले भने ।
क्याम्पसको इतिहासमै पहिलो पटक गुरुपूूर्णिमाको अवसरमा गुरुपुजन एंव सम्मान कार्यक्रम सञ्चालन गरिएको बताउदै प्राज्ञिकको उदाहरणीय काम गरेको प्राज्ञिकका राष्ट्रिय सह–संगठन सचिव रमेश बताए । उनले प्रसंशनीय कार्य गरेको भन्दै खुशी समेत व्यक्त गरेका थिए ।
यसैगरि कार्यक्रममा पोखरा विश्वविद्यालयका औषधी विज्ञानका उप–प्राध्यापक शिव संकल्प आचार्यले भानुुभक्तले नेपाली साहित्यमा दिएको योगदान र त्यसको मुल्याकंनको बारेमा चर्चा गरे ।
पृथ्वीनारायण क्याम्पसका प्राध्यापक शोभाकान्त गौतमले रामायणको कथालाई जोड्दै भने, ‘छ करोडको घरमा रामायण, जहाँ गयो त्यही रामायण’ रामायण नेपाली छोरीहरुको व्यथा हो ।’
गुरु र शिष्यबिचको सम्बन्धलाई उल्लेख गर्दै गौतमले भने, ‘गुरु एउटा मार्गदर्शनको सहयात्री मात्र हो । गुरुले २५ प्रतिशत सिकाउँछ भने ७५ प्रतिशत तपाई आफैले सिक्नुपर्दछ । त्यो नै गूरुको लागि गुरु दक्षिणा होे ।’
कार्यक्रममा पिएन क्याम्पसमा अध्ययनरत ७० बढि विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक जिवन नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन्देश लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पारस खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाडौं: निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था ...
पोखरा: लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकता दिन माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घकी अध्यक्ष...
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

